एमाले गण्डकीको नयाँ नेतृत्वकोलागि आज १२ बजेदेखी मतदान हुने

Devghat Online

शेयर गरौ

पोखरा, असोज १८

एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वकोलागि आज १२ बजेदेखी मतदान हुने भएको छ । प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धा गरेका छन् ।

निर्वाचन मण्डलले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।

मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।

उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् । निर्वाचन १२ बजेबाट सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । विद्युतीय मतदान हुने भएको कारण निर्वाचन परिणाम भने चाँडै नै सार्वजानिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण