तनहुँमा डेंगुका ३७७९ बिरामी, व्यास नपामा मात्रै ८६ प्रतिशत

Devghat Online

शेयर गरौ

दमौली, असोज १८

तनहुँ जिल्लामा विहिबार सम्म ३७७९ जना डेंगु संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ३२३९ जना डेंगुका विरामी रहेका छन् ।

त्यसपछि शुक्लागन्डकी नपामा १४३ जना, भिमादमा ९७ जना, ऋषिङमा ७८ जना, म्याग्देमा ५९ जना डेंगुका विरामी रहेका छन् । त्यस्तै भानु नगरपालिकामा ५८ जना, आवुँखैरेनीमा ३९ जना, बन्दिपुरमा २७ जना, घिरिङमा ७ जना र देवघाटमा ६ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमित मध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष रहेका छन् ।

कुल संक्रमितको ८६ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए । व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर २ मा १००९ जना रहेका छन् ।

त्यसैगरि वडा नम्बर १ मा ७४५ जना, वडा नम्बर ४ मा ४९६ जना, वडा नम्बर ३ मा ४०४ जना, वडा नम्बर ५ मा १५१ जना, वडा नम्बर १० मा १०१ जना रहेका छन् । त्यसैगरि वडा नम्बर १३ मा ५२ जना, वडा नम्बर ६ मा ४८ जना, वडा नम्बर ७ मा ४२ जना, वडा नम्बर १२ मा ३३ जना, वडा नम्बर ९ मा ३१ जना, वडा नम्बर १४ मा २१ जना र वडा नम्बर ८ मा १४ जना डेंगुका विरामी रहेका छन् । तनहुँमा हालसम्म डेंगुबाट ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ ।

खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी