बन्दीपुर अस्पताल भवन निमार्णको लागी नेको इन्सोरेन्सद्वारा ११ लाख सहयोग

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज २०

तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको बन्दीपुर अस्पतालको भवन निमार्णको लागी नेको इन्सोरेन्स लिमिटेडले सहयोग प्रदान गरेको छ । बन्दीपुर अस्पतालको भवन निमार्णको लागी नेको इन्सोरेन्सले ११ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत शनिबार बन्दीपुर अस्पतालमा आयोजना गरिएको एक कार्यक्रमका बिच इन्सोरेन्स कम्पनीका अध्यक्ष रोहीत कुमार भट्टराई, बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठ, सहितको टिमले गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमायाँ गुरुङलाइ चेक हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

बन्दीपुर अस्पताल यस क्षेत्रका बिरामीहरुको आशा भरोसाको केन्द्र रहँदै आएकोले यसलाइ थप सेवा प्रदान गर्न र भवन निमार्णमा अन्य बिभिन्न संघ संस्थालाइ समेत हातेमालो गरी छिट्टै नै सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थापाले बताए । यस्तै बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठले कम्पनीको तर्फबाट आगामी दिनमा स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोग रहिरहने बताए ।

कार्यक्रममा गाउँपालिका गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल स्वास्थ्य शाखा प्रमुख अन्जीर भट्टराइ नेको इन्सोरेन्सको तर्फबाट रोहीत कुमार भट्टराई नेको इन्सोरेन्सको तर्फबाट अध्यक्ष रोहीत कुमार भट्टराई, बोर्ड डाइरेक्टर प्रेम कुमार श्रेष्ठ, बोर्ड सिइओ अशोक खड्का, डिइओ पवन थापा लगायत गाउँपालिकाका बिभिन्न राजनितिक दलका प्रतिनिधि बन्दीपुर अस्पतालका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सबै स्थानीय तहमा हस्ताक्षर, सेतो रिवन वितरण र प्रभातफेरी

तनहुँ । मंसिर ९ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

तनहुँ । मंसिर ९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा