दमौली, असोज २१
डेङ्गुबाट तनहुँमा थप एक जनाको निधन भएको छ । व्यास नपा २ दमौली बस्दै आएकी ३४ वर्षिया विना श्रेष्ठको उपचारको क्रममा शुक्रबार पोखरामा निधन भएको हो।



उनको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। यो सँगै तनहुँमा यसबर्ष डेंगुरोगबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा हालसम्म चार हजार भन्दा बढीमा डेङ्गु सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। डेंगुबाट बच्न लामखुट्टे टोकाईबाट बाट बच्न र सजकता अपनाउन स्वस्थ्य कार्यालय तनहुँले जिल्लाबासीलाई आग्रह गरेको छ।












