इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग एमालेको माग

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज २२

नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ भएको जनाएका छन् ।

ओलीले भनेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैंको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु ।’

घटनामा परी घाइते हुने हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि सरकारसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा