म्याग्देले सन्चालन गर्यो ग्रामिण भिडियो एक्सरे सेवा

Devghat Online

शेयर गरौ

दमौली, असोज २३

म्याग्दे गाउँपालिकाले मंगलबारबाट ग्रामिण भिडियो एक्सरे सेवा सन्चालन गरेको छ । गाउँ–गाउँमा रहेका गर्भवती महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न गाउँमै गएर निशुल्क रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउने उक्त कार्यक्रमको उद्देश्य रहेको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले बताए ।

उक्त कार्यक्रम अन्तर्गत महिनाको एक÷एक दिन जामुने र थर्पु स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराईने छ । साथै अन्य वडाहरुमा हुने घुम्ती स्वास्थ्य शिविरमा पनि उक्त सेवा उपलब्ध गराईने घिमिरेले बताए ।

मंगलबार थर्पु स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त सेवाको शुभारम्भ गरे । उक्त कार्यक्रम सन्चालनकोलागि गाउँपालिकाले थर्पु स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको छ । सेवा सन्चालन भएको पहिलो दिनमा १० जना गर्भवती महिलालाई सेवा प्रदान गरिएको घिमिरेले बताए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्भवती महिलाहरुले बच्चाको अवस्था थाहा पाउन भिडियो एक्सरे गर्नका लागि अव धेरै समय र पैसा खर्च गर्नु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले