कर्मचारीको आन्दोलनले स्थानीय तहको सेवा प्रभावित

Devghat Online

शेयर गरौ

दमौली, असोज २३

संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनको कारण स्थानीय तहको सेवा प्रभावित भएको छ । तनहुँका १० वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले काम अबरुद्ध गरि धर्नामा बसेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको माको सुनुवाई नगरेको भन्द्र स्थानीय तहका कर्मचारीहरुले नियमित काम रोकेका हुन् ।

सरकारले आफ्ना मागहरु सम्बोधन गर्न कुनै चासो नदेखाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएको आवुँखैरेनी गाउँपालिकाका लेखा अधिकृत नारयण ढकालले बताए । काठमाडौंमा आन्दोलनमा रहेका कर्मचारीहरुलाई सोमबार प्रहरीले कुटपिट गरेपछि झन आन्दोलन गर्नै परेको ढकालले बताए । स्थानीय तह कर्मचारी हकहित संघर्ष समितिको आह्वानमा आबुँखैरेनीका कर्मचारी पाँच दिनदेखी आन्दोलनमा छन् ।

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ । साथै स्थायी र करारका कर्मचारीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।

सेवा अवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरुको छ । सरकारले संघीय निजामती सेवा ऐन संसदमा दर्ता गर्न अन्तिम तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीहरुले सडक र स्थानीय तहमा आन्दोलन सुरु गरेका हुन् ।

यसैविच कर्मचारीको आन्दोलनले गाउँपालिकाको सेवा प्रभावित भएको भन्दै आवुँखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले आन्दोलनरत कर्मचारीको उचित मागको सम्बोधन गरि स्थानीय तहको सेवा प्रवाहलाई सहज र सरल रुपमा प्रभावकारी बनाउन आवश्यक पहलको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले