आबुँखैरेनीमा बजार अनुगमन, कैफियत भेटिएका पसललाई कारवाहीको सिफारिस

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, असोज २३

आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ३ र २ अन्तर्गत विभिन्न उद्योग, व्यवसाय, औषधी पसल, लगायत विभिन्न व्यवसायहरुको मंगलबार अनुगमन गरिएको छ । गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रशान्त पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, डा.डिवि क्षेत्री, ईलाका प्रहरी कार्यालयका प्रमुख शिव थापा, वडा नम्बर २ का अध्यक्ष आशबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष दिनेश केसी तथा उद्योग वाणिज्य संघ आँबुखैरेनीको प्रतिनिधि लगायतका अनुगमन समितिका सदस्यहरुको टोलीको उपस्थितिमा अनुगमन गर्दा केही पसलहरुमा कैफियतहरु पाइएको छ । ति पसलहरुमा थप छानविन गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

अनुमगनको क्रममा अखाद्य मिठाई (बासी मिठाई, बढी रङ्ग राखीएको) लाई जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ भने सरसफाईमा ध्यान नदिई शौचालय नजिकै मिठाई राखी विक्रीको लागि राखिएको मिठाई पसल बन्द गरिएको छ ।

त्यस्तै नेपाल सरकारले बन्देज लगाइएको क्याफिनयुक्त निलो रेडबुल जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको तथा पानी छिम्केशवरी उद्योगमा उत्पादन गरी विक्रि वितरणको लागि लैजान राखीएको लेउ लागिएको मिनरल वाटर जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले