नक्कली नोट देखाई ठगी गर्ने २ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज २४

तनहुँमा नक्कली पैसा देखाई ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर जिल्ला (बर्दघाट सुस्ता पुर्व) बुलिङ्टार गाउँपालिका वडा नम्बर १ थामबेशी ठिमुरेटोल घर भएका २० बर्षिय बिनोद रामदाम भन्ने बिशाल बिक र सोही ठाउँका ३० बर्षिय गम बहादुर गरन्जा रहेका छन् ।

गत मंगलबार दिउँसो व्यास नगरपालिका वडा नम्बर १ गल्बुवेशीमा एक जना व्यक्तीले नक्कली रुपैयाको कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँवाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुरुमा विकलाई पक्राउ गरि उनको शरिर खानतलासी गर्दा विकको साथबाट नक्कली जस्तो देखिने नेपाली एक हजार रुपैयाँको १ थान फेला परेको हुँदा उक्त रकम बरामद गरी प्रारम्भिक सोधपुछ गर्दा मगरको समेत संलग्नता भएको विकले खुलाएपछि प्रहरीले बन्दिपुर गाउँपालिका वडा नम्बर १ डुम्रेबजारबाट मगरलाई पक्राउ गरेको थियो ।

मगरको साथबाट नक्कली जस्तो देखिने नेपाली एक हजार रुपैयाको १७५ थान बरामद गरेको प्रहरी उपरिक्षक अबदेश विष्ट क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए पक्राउ परेका दुबैलाई बरामद भएको रकम सहित बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चाडबाडको समयमा नक्कली नोटको कारोबार हुने भएको हुँदा सबै जना सचेत हुनु पर्नेमा कुनै नोट प्रति शंका लागेमा प्रहरीलाई जानकारी गराउनु हुन एसपी विष्टले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा