सिताराम संस्कृत माविको बार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज २५

भरतपुर महानपा–१ देवघाट स्थित सिताराम संस्कृत माविको ४६ औं बार्षिकोत्सव विहिबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दशरण सिग्देलको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जन, समाजसेवी तथा धार्मिक व्यक्तित्व टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका पद्मा सापकोटा, विद्यालयका पुर्व प्रअ हरिप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष होमबहादुर भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा विद्यालयको प्रगति विवरणको बारेमा प्रधानाध्यापक पोषराज पौडेलले जानकारी गराएका थिए । सो अवसरमा विद्यालयको नवनिर्मित भवनको प्रमुख अतिथी वडा अध्यक्ष महर्जनले उद्घाटन गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले मार्चपास, विविध सांस्कृति कार्यक्रम र पुरस्कार वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक