भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटले सहयोग गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक ३

भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न सिमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो । भरतपुरसँग सिमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैंडाकोट सहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको थियो ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतको लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणहरुको भजन प्रर्दशन गर्ने भएको छ ।

भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचार प्रसार हुने र देवघाटमा व्यापार व्यवसायको प्रबद्र्धन हुने अध्यक्ष थापाले बताए । त्यसकोलागि पनि देवघाटले भ्रमणवर्षको प्रचार प्रसारमा समेत सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो