देवघाटमा सिसिटिभि क्यामेराको तार काटियो, चाडर्वमा चोरी डकैती रोक्न आफै सजग हुन गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २०

देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित कालिमाटी–दासढुंगा र गौरीटार (बुद्धचोक)–जुगेडी जोड्ने दुबै पुलमा जडान गरिएको सिसिटिभि क्यामेराको तार अज्ञात समुहले काटेको भेटिएको छ ।

देवघाटधाममा हुने चोरी डकैती नियन्त्रण गर्न तथा अपराधिक क्रियाकलाप रोक्न गाउँपालिकाले केही दिन अघि वडा नम्बर ५ को दासढुङ्गाको मोटरेवलपुल, जुगेडीको झोलुङ्गे पुल, त्रिशुलीको झोलुङ्गे पुल र कालीगन्डकीको मोटरेवल पुल गरि चार ठाउँमा सिसिटिभी क्यामेरा जडान गरेको थियो ।

सिसिटिभी क्यामेरा जडान गरिएको चार ठाउँ मध्ये दासढुङ्गा र जुलेडीको पुलमा जडान गरिएको क्यामेराको तार काटिएको अवस्थामा देवघाट गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवन अगाडिको मुल बाटोमा भेटिएको छ । उक्त तार कसले काट्यो भन्ने बारेमा केही जानकारी छैन ।

सिसिटिभी क्यामेराको तार काटिनु र त्यसै समयमा देवघाटको घिनाटारमा भानुभक्त न्यौपानको मोटरसाईकल चोरी भएको छ ।

तार काट्ने समुहको खोजी भईरहेको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । देवघाट गाउँपालिकाले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती जस्ता अपराधिक क्रियाकलाप रोक्न नागरिक आफै पनि सजक हुनु पर्ने भन्दै यस्ता अपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्न गाउँपालिका अझ संवेदनशिल रहि जनसेवामा सदैव तत्पर रहने गाउँपालिकाले सुचना प्रकाशित गरि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री