देउसी भैलो बाट संकलित रकम दीर्घरोगीलाई सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार
भिमाद, मंसिर १८

भिमाद एफ.एम १०० दशमलब ९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम दिर्घरोगीको उपचारको लागि सहयोग गरेको छ । भिमाद एफ एमको आयोजनमा मौनता ब्यान्ड र स्थानिय कलाकारहरुको सहभागितामा गत कार्तिक २६ देखि ३० गतेसम्म भिमाद बजारमा देउसी भैलो कार्यक्रम गरिएको थियो । सो कार्यक्रमबाट संकलन भएको रकम मध्य पन्ध्र हजार रुपैयाँ तीन जना दिर्घरोगिहरुलाई सहयोग गरेको हो ।

कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित गरिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम भिमाद नगरपालिका वडा नम्बर २ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पिडित लोक मायाँ थापालाई ५ हजार, सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नम्बर २ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार र बौदीकाली गाउँपालिका स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नम्बर ६ मालेबगर बस्दै आएका राजु कुमार सुनारलाई ५ हजार सहयोग गरेको एफ एमका अध्यक्ष मिलन आलेले बताए ।

आलेले बिरामीहरुको थप उपचारमा राहत पुग्ने उदेश्यले सहयोग गरेको बताउँंदै जाजरकोटका भूकम्प पिडितको लागि समेत सहयोग गर्ने तयारीमा रहेको जनाएका छन् ।

भिमाद एफएमका अध्यक्ष मिलन आले, उपाध्यक्ष ध्रुव राज सुवेदी, सहसचिव शालिकराम सुनार, कोषाध्यक्ष सुजन राना, समाजसेवी सुकु मायाँ राना, आशा थापा, कार्यक्रम सन्चालक एबम् मौनता ब्यान्डका सदस्य सुमन रतन, कार्यक्रम सञ्चालिका पविना श्रेष्ठ र अञ्जना थापा लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय