सीताराम संस्कृत मावि देवघाटमा महायज्ञ हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २७

भरतपुर महानगरपालिका– १ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविमा महायज्ञ हुने भएको छ । आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिन लागिएको हो ।

विद्यालयमा आगामी पौष २७ गतेदेखि माघ २ गतेसम्म विश्वविख्यात कथावाचक श्रद्धेय ईश्वरकृष्ण महाराजको प्रमुख वाचकत्वमा ‘श्रीमद्भागवत अखण्डपाठपारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ’ सञ्चालन हुने विद्यालयका प्रअ पोदराज पौडेल बताए ।

२०३५ सालमा डिल्लीराम बाबा ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ ।

महायज्ञ अन्तर्गत पौष २७ गते कलश यात्रा र उद्घाटन तथा श्रीमद्भागवत अखण्ड पाठपारायण आरम्भ हुनेछ भने पौष २८ गते पाठपारायण कथाप्रवचन, दातासम्मान, पौष २९ गते पाठपारायण, तिलार्पण, कथाप्रवचन, त्यस्तै गरि माघ १ गते सामुहिक ब्रतबन्ध, कथाप्रवचन, दातासम्मान, माघ २ गते कथा प्रवचन, दातासम्मान, पूर्णाहुति हुदै महायज्ञ समापन हुने विद्यालयका पुर्व प्रअ एवं महायज्ञ संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए ।

उक्त महायज्ञलाई सफल पार्नको लागि आगामी पुस १ गते तनहुँ स्थित गलेश्वर आश्रम देवघाटमा सामाजिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, आमा समूह अध्यक्ष एवं प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति, संचारकर्मी लगाएतको उपस्थितिमा भेला आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका