एमाले प्रदेश कमिटीद्वारा निर्वाचन क्षेत्र र स्थानीय तहका इन्चार्ज तोकीयो

Devghat Online

शेयर गरौ

दमौली, पुस १४

नेकपा एमाले गन्डकी प्रदेश कमिटीले कमिटिका सदस्यहरु तनहुँको संघिय निर्वाचन र प्रदेश निर्वाचन क्षेत्र तथा विभिन्न स्थानीय तहमा इन्चार्जको जिम्मेवारी तोकेको छ । प्रदेश कमिटीको शुक्रबार पोखरामा बसेको पहिलो बैठकले निर्वाचन क्षेत्र र स्थानीय तहमा इन्चार्जहरु तोकेको छ ।

जस अनुसार तनहुँ क्षेत्र नम्बर १ को इन्चार्जमा रामबहादुर गुरुङ तथा क्षेत्र नम्बर १ (क) को इन्चार्जमा प्रेम राना र १ (ख) को इन्चार्जमा देवु विष्ट तोकिएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ को इन्चार्जमा कृष्णकुमारी श्रेष्ठ तथा २ (क) मा श्यामराजा महत र २(ख) को इन्चार्जमा मेखबहादुर थापा तोकिएका छन् ।

त्यसैगरि स्थानीय तहका इन्चार्जहरुमा व्यासमा रामबहादुर गुरुङ, भानु र देवघाटमा प्रेम राना, आबुँखैरेनी र बन्दिपुरमा देवु विष्ट, म्याग्दे र व्यासको वडा नम्बर ५ र ६ मा रत्ना घिमिरे, शुक्लागन्डकीमा कमल ढकाल, भिमादमा बाबुराम सुनार, ऋषिङमा मेखबहादुर थापा र घिरिङमा कृष्णकुमारी श्रेष्ठ इन्चार्ज तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय