जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

शेयर गरौ

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएको छ ।

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए ।

लामिछाने जिल्ला अदालत काठमाडौंबाट शुक्रवार मात्रै जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।

जसअनुसार लामिछानेलाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना हुनेछ । यसको टुंगो भने पुस २५ गते लाग्नेछ ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । उच्चले फैसला नसुनाएसम्म उनले जेल बस्नुपर्ने छैन ।

लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो