तमु ल्होसारको अवसरमा देवघाटमा विभिन्न खेलहरु आयोजना गरिने

Devghat Online

शेयर गरौ

देवघाट, पुस १४

तमु ल्होसार–२०८० को अबसरमा आइतबार देवघाट गाउँपालिका–५ देवपुरमा विभिन्न खेलहरु आयोजना गरिने भएको छ । देवपुर युवा क्लबद्वारा तमु ल्होसारको अवसरमा विभिन्न खेलहरु आयोजना गरिने भएको हो ।

क्लवले पुरुष तर्फ वडा नम्बर ५ भित्रका टोल स्तरिय भलिवल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार र द्वित्तिय हुने टिमलाई नगद ५ हजार प्रदान गरिने छ । त्यस्तै महिला तर्फ पनि वडा नम्बर ५ भित्रका टोल स्तरिय भलिवल प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार र द्वित्तिय हुने टिमलाई नगद ५ हजार प्रदान गरिने छ ।

त्यसैगरि छेलो प्रतियोगिता (सट आउट), घैंटो फुटाइ प्रतियोगिता, महिला र पुरुष दुबैको डोरी तान्ने प्रतियोगिता तथा म्युजिकल चेयर प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ । उक्त कार्यक्रम आइतबार विहान ८ बजेटबाट नेछेन् थार्वलिन् बौद्ध गुम्बा देवपुर देवघाटमा हुने भएको छ ।

देवपुर युवा क्लबको आयोजनामा हुने सो कार्यक्रमको समन्वय गाउँ सुधार समिति देवपूर तथा संरक्षण वडा नम्बर ५ स्तरीय खेलकुद समितिले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो