उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अधिवेशन शनिबार, सभापतीमा मल्लको चर्चा

Devghat Online

शेयर गरौ

दमौली, पुस २०

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको २८ औं बार्षिक साधारण सभा एवं १२ औं अधिवेशन भोली शनिबार दमौलीमा हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघका विभिन्न बजार इकाई मध्ये सबैभन्दा धेरै सदस्य रहेको र महत्वपुर्ण बजार इकाई रहेको हुँदा दमौली बजार इकाईको अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।

तनहुँ उद्योग वाणिज्य संघको भावि नेतृत्वकोलागि पनि निर्णायक महत्व राख्ने दमौली बजार इकाईको नेतृत्व आफु अनुकुलको बनाउन व्यापारिक नेताहरु लागि परेका छन् ।

अधिवेशनले दमौली बजार इकाईको कार्य समिति र तनहुँ उद्योग वाणिज्य संघको लागि दमौली बजार इकाईबाट सदस्यहरु समेत निर्वाचित गर्नेछ ।

इकाईको आगामी नेतृत्वको लागि सभापतीमा हालसम्म शुकनारयण मल्लले उम्मेदबारी घोषणा गरेका छन् । विगतमा दमौली बजार इकाईको उपसभापती समेत रही सकेका मल्ललाई यसपटक इकाईको सभापतीमा सर्वसम्मत बनाउन अगुवा व्यवसायीहरु लागि परेका छन् । मल्लले पनि आफु सभापतीमा निर्वाचित भएमा व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

यसैगरि उपसभापतीमा शेषराज श्रेष्ठ र इन्द्रलाल श्रेष्ठ विकल्पले उम्मेदबारी घोषणा गरेका छन् भने महत्वपुर्ण मानिएको कोषाध्यक्षमा हर्षमान श्रेष्ठ (साईराम) र युवराज भण्डारीले उम्मेदबारी घोषणा गरेका छन् ।
संघको जिल्ला प्रतिनिधिमा युवा व्यवसायी मनोजकुमार सुवर्णकारले पनि उम्मेदबारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र