घिरिङमा नौमती बाजा हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

घिरिङ गाउँपालिकाले कला र संस्कृतीको संरक्षणकोलागि नौमती बाजा हस्तान्तरण गरेको छ । ‘हाम्रो संस्कृति जगेर्ना अभियान’ अन्तगर्त संस्कृतीको संरक्षण, कलाको बिकास, सामाजिक सद्भाव बढाउन तथा नौमती बाजाको ब्यवसायिकिकरणमा जोड दिने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर ३ स्थित नेवापानी नौमती बाजा समुहलाई घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले नौमती बाजा हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष थापाले स्थानीय कला र संस्कृतीको संरक्षणकोलागि नौमती बाजाले सहयोग पु¥याउने बताए ।
सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले