बलात्कारको आरोपमा १२ बर्ष कैद सजायको फैसला

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

१७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ जिल्ला अदालतले लमजुङ दूधपोखरी गाउँपालिका–६ घर भई भानु नपा–३ कालामाटा बस्ने २१ बर्षिय सलिन मगरलाई १२ बर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश चन्द्रकुमार पोख्रेलको इजलासले शुक्रबार सजाय निर्धारण गर्दै उक्त सजायसँगै ५ लाख जरिवाना ५० हजार क्षतीपुर्ती भराउन फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।

पीडित बालिकालाई २०७८ चैत १५ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले २०७८ चैत १८ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो ।

आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०७९ बैशाख ११ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित २०७९ बैशाख १२ गतेदेखी पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को