माघे संक्रान्ति मेला हालसम्मकै व्यवस्थितः देवघाट गाउँपालिका अध्यक्ष थापा

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले माघे संक्रान्ति मेला हालसम्मकै सबैभन्दा व्यवस्थित भएको बताएका छन् । सबै पक्षको समन्वयको कारण माघे संक्रान्ति मेला हालसम्मकै सबैभन्दा बढि व्यवस्थित भएको अध्यक्ष थापाले बताए ।

देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति, गलेश्वर आश्रम, देवघाट क्षेत्रका मठ मन्दिर, गुरुकुलहरु, यहाँका सामाजिक संघ संस्थाहरु सबैले मेला व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको अध्यक्ष थापाले देवघाट अनललाईनलाई बताए ।

विगतका वर्षहरुमा देवघाट क्षेत्र विकास समितिको मात्रै मेला भएको ठानिन्थ्यो तर यसपटक देवघाटका सबै सामाजिक संघ संस्थाले माघे संक्रान्ति मेलालाई आफ्नो मेला ठानेको कारण व्यवस्थित भएको अध्यक्ष थापाले बताए । देवघाट गाउँपालिकाले आफ्नो नारामा धार्मिक पर्यटनको प्रबद्र्धनलाई मुख्य प्राथमिकता दिएको कारण पनि धार्मिक पर्यटन फस्टाएको अध्यक्ष थापाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल