मकर स्नान महोत्सव सम्पन्न, करिब ५० लाख संकलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ २

भरतपुर महानगरपालिका–१ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविको आयोजनामा गत पुस २७ गतेदेखी भरतपुर–१ बेणी संगममा आयोजित मकरस्नान महोत्सव २०८० मंगलबार सम्पन्न भएको छ । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि गत पुस २७ गतेदेखी माघ २ गतेसम्म त्रिशुली कालिगन्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव आयोजना गरिएको थियो ।

महायज्ञ समापन समारोहमा दाताहरुलाई सम्मान गरिएको थियो । उक्त महायज्ञमा करिब ५० लाख रुपैयाँ आर्थिक संकलन भएको छ ।

मकरस्नान महोत्सव–२०८० का मुल संयोजक हरि प्रसाद आचार्यको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथी देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष, मैया देवी ट्रष्ट तथा मैयादेवी कन्या कलेजका अध्यक्ष बरिष्ठ समाजसेवी टंकनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयका प्रअ पोदराज पौडेल स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा महायज्ञ सफल पार्न सहयोग गर्ने दाता, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्वयंसेवक, कलाकार, सौजन्यकर्ता लगायतलाई सम्मान गरिएको थियो ।

आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयका प्रअ पोदराज पौडेल बताए ।

२०३५ सालमा ब्रह्मलिन बाबा डिल्लीराम ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । उक्त विद्यालयमा आवासीय छात्रावास पनि सन्चालन भईरहेको छ ।

हरिहर सन्यास आश्रमका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि एवं महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको प्रमुख संरक्षकत्वक र विश्वविख्यात कथावाचक श्री इश्वरकृष्ण माहाराजको प्रमुख बाचकत्वमा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृ उद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव आयोजना गरिएको विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री