गुणस्तरीय खानाको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलित

शेयर गरौ

काठमाडौं, माघ ५-

अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरूले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन् । गुणस्तरीय खाना सुनिश्चित गरिनुपर्ने भन्दै झण्डै २ सय विद्यार्थीहरु
कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले एक वर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहीन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन् । उनीहरूले अनिवार्य मेस हटाउनुपर्ने, गुणस्तरीय खाना सुनिश्चित गरिनुपर्ने भन्दै माग राखेका छन् ।

प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शिता नभएको उनीहरूको भनाइ छ । एक वर्षमा खानाका लागि डेढ लाख रूपैयाँ तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरूको भनाइ छ ।
कलेजले मेस सुधार गरेको भनेपनि विविध विषयमा दुई सय विद्यार्थीको माग सम्बोधन हुन नसकेकाले धर्ना बस्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक