सडक मापदण्डभित्रको संरचना हटाउन शुक्लागण्डकी नगरपालिकाको अपिल

Devghat Online

शेयर गरौ

दमौली, चैत ७

शुक्लागण्डकी नगरपालिकाले नगरपालिका क्षेत्रमा सडकको मापदण्डभित्र परेका संरचना समयमै हटाएर सहयोग गर्न नगरवासीमा आग्रह गरेको छ । मंगलबार सार्वजनिक अपिल जारी गर्दै नगरपालिकाले उक्त आग्रह गरेको हो । सडक स्तरोन्नती क्षेत्रभित्र पर्ने संरचनाको मुआब्जा निर्धारण गरी क्षतिपुर्ति रकम प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित वडा कार्यालयमा पठाएर तोकेबमोजिमको प्रक्रिया सुरु गरिसकिएको नगरपालिकाले जनाएको छ ।

सडक निर्माणको क्रममा पर्ने स्थानीयवासीको पिरमर्का र समस्यालाई सम्बन्धित निकायबाट सम्बोधन गराउने विषयमा नगरपालिका प्रतिवद्ध रहेको जनाउँदै निर्धारित मितिसम्म संरचना हटाएर क्षतिपुर्ति तथा प्रतिस्थापन रकम मागदावी गरी सडक निर्माण तथा विस्तार कार्यमा सहजिकरण गर्न नगरपालिकाले अपिल गरेको हो ।

मुग्लिङ–पोखरा सडक विस्तारको काम अन्तर्गत बस्ती नभएका अधिकाँश स्थानमा काम धमाधम भइरहदा बजार क्षेत्रमा भने विभिन्न कारण्काले काम सुस्त छ । सडकको सीमाभित्र परेको संरचना हटाउनु पर्ने र विजुलीको पोल सार्नु पर्ने भएकाले पनि कामले गति लिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा