मेयर त्रिपाठीद्वारा मन्त्री गुरुङसँग विभिन्न योजनामा बजेट माग

Devghat Online

शेयर गरौ

पोखरा, चैत ७

भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले गन्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री राजिव गुरुङ (दिपक मनाङे) लाई भेट गरि भानु नगरपालिकाका महत्वपुर्ण योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् ।

मंगलबार मन्त्री गुरुङलाई भेट गरेका मेयर त्रिपाठीले भानु नगरपालिकामा नगरवासीलाई सहज यातायात पहुँचको लागि विभिन्न मोटरमार्गको स्तरोन्नतिको लागि डीपीआर सहितको योजना पेश गरेका थिए ।

यसैगरि मेयर त्रिपाठीले सो अवसरमा आ.व.०८१÷०८२ को लागि विभिन्न योजना कार्यक्रममा आवश्यक बजेट विनियोजनको लागि योजना पेश गरेका थिए । साथै अर्थमन्त्री जित प्रकाश आले तथा विभिन्न मन्त्रालय र विभागमा पुगी मेयर त्रिपाठीले नगरपालिकाका विभिन्न योजनामा बजेट उपलब्ध गराउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय