मेयर त्रिपाठीद्वारा मन्त्री गुरुङसँग विभिन्न योजनामा बजेट माग

Devghat Online

शेयर गरौ

पोखरा, चैत ७

भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले गन्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री राजिव गुरुङ (दिपक मनाङे) लाई भेट गरि भानु नगरपालिकाका महत्वपुर्ण योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् ।

मंगलबार मन्त्री गुरुङलाई भेट गरेका मेयर त्रिपाठीले भानु नगरपालिकामा नगरवासीलाई सहज यातायात पहुँचको लागि विभिन्न मोटरमार्गको स्तरोन्नतिको लागि डीपीआर सहितको योजना पेश गरेका थिए ।

यसैगरि मेयर त्रिपाठीले सो अवसरमा आ.व.०८१÷०८२ को लागि विभिन्न योजना कार्यक्रममा आवश्यक बजेट विनियोजनको लागि योजना पेश गरेका थिए । साथै अर्थमन्त्री जित प्रकाश आले तथा विभिन्न मन्त्रालय र विभागमा पुगी मेयर त्रिपाठीले नगरपालिकाका विभिन्न योजनामा बजेट उपलब्ध गराउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा