म्याग्दे गाँउपालिकामा वडा समितिलाई योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम

Devghat Online

शेयर गरौ

दमौली, चैत ८

म्याग्दे गाँउपालिकामा स्थानीय तहको वडा समितिलाई सहभागितामुलक योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम शुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुरु भएको उक्त कार्यक्रम म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषि पाण्डेले उद्घाटन गरेको सो प्रशिक्षण कार्यक्रममा म्याग्दे गाँउपालिकाका जनप्रतिनिधीहरुलाई विकास र योजना, नेपालको संघिय संरचना र स्थानीय तहको काम, कर्तव्यर अधिकार सम्वन्धी विषयमा प्रशिक्षण दिईएको थियो ।

स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र वडा समितिको भुमिका के हुने भन्ने विषयमा प्रतिष्ठानका क्षमिता विकास विज्ञ विष्णु नेपालीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रतिनिधीहरुलाई बस्तिस्तरमा योजना छनौट तथा वडास्तरमा प्राथमिकता निर्धारण कसरी गर्ने भन्नेमा छलफल भएको थियो ।

यसै गरि प्रशिक्षक कपिल न्यौपानेले वजेट तथा कार्यक्रम तर्जुमा समितीको भुमिका र एकीकृत योजना तर्जुमा प्रशिया, सुशासन, समाजिक जवाफेहिता र अनुगमन तथा मुल्यांङन र भुक्तानी प्रक्रिया सम्वन्धी जानकारी दिएका थिए । अर्का प्रशिक्षक भानु पराजुलीले योजनाको अवधी, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, जवाफदेहिताको मुख्य औजारहरुका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानवाट दिईएको तालिममले जनप्रतिनिधिमा आफनो काम, कर्तव्य र अधिकारका साथै क्षेत्राधिकारका वारेमा प्रष्ट भएको बताए । जनप्रतिनिधीलाई उचित तािलमाको व्यवस्था नुहदाँ कार्यसम्पादनमा असहज भएको अवस्थामा तालिम प्रभावकारी भएको अध्यक्षको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय