अपाङ्गता भएका व्यक्तिको अधिकारकोलागि दुई युवाहरुद्वारा ह्विलचियरको यात्रा

Devghat Online

शेयर गरौ

दमौली, चैत ८

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारकोलागि दुई जना अपाङ्गता भएका युवाहरुले काठमाडौँ देखी पोखरासम्मको ह्विलचियरको यात्रा गरेका छन् । दिवस परियार र आशिष भुजेल गत चैत ३ गते काठमाडांैको भृकुटीमण्डपबाट ह्विलचिय यात्रा गरि बुधबार दमौली आईपुगेका थिए ।

‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने नाराका साथ आफुहरु काठमाडौँ देखि पोखरासम्मको ह्विलचियर यात्रामा हिडेको दिवस परियारले बताए । उनीहरुलाई दमौलीमा व्यास गरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपमेयर इन्दिरा दरै, राष्ट्रिय सभाका पुर्व सदस्य प्रकाश पन्थ, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, लगायतले दमौलीमा स्वागत गरेका थिए ।

अपाङ्गतामैत्री संरचनामा पहुँचयुक्ततामा जोड दिन राज्यलाई रचनात्मक किसिमले ध्यानाकर्षण गराउने आफुहरुको मुख्य उद्देश्य रहेको आशिष भुजेलले बताए । सो अवसरमा व्यास नपाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको प्रशासकीय भवन पुर्ण रुपमा अपाङ्गतामैत्री रहेको भन्दै अन्य निर्माणाधिन संरचनाहरु पनि अपाङ्गतामैत्री बताउने बताए । प्रमुख न्यौपानेले ति युवाहरुको साहसिक कार्यको प्रसंशा गर्दै ब्यास नगरपालिकाको तर्फबाट उनीहरुलाई बाटो खर्च स्वरुप आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

यात्राको क्रममा कुनै समस्या पर्ने भएकाले अन्य दुई जना सहयोगीको सहित ४ जनाको टोली काठमाडांै पोखराको यात्रामा हिडेका हुन् । अपाङ्गता भएका व्यक्तिहरुले पनि महत्वपूर्ण काम गर्न सक्ने र फरक क्षमता भएका व्यक्तिलाई दया माया भन्दापनि अवसरको खाँचो रहेको भुजेलले बताए । अव नयाँ बन्ने हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने, अपाङ्गताको अधिकारको कार्यान्वयन हुनुपर्ने आफुहरुको माग रहेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय