अपाङ्गता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेडको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरपालिकाको सभाहलमा अपाङ्गता अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यास नगरपालिका स्थित प्रत्येक वडाका दलित र अन्य महिला सदस्य सहित अपाङ्गता भएका व्यक्तिहरु र उनिहरुको संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण राष्ट्रिय सभाका निवर्तमान सदस्य प्रकाश पन्थ र प्रजातन्त्रबादी कानुन व्यवसायी संगठन नेपालका केन्द्रय सदस्य एवं अधिवक्ता विष्णु खनालले गरेका थिए । सहजिकरणमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, उनिहरुको बास्तविक अवस्था र पालिकाले खेल्नुपर्ने भुमिकाबारे प्रष्ट पारिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य पदम बहादुर परियारले अपाङ्गता भएका व्यक्तिहरुले संविधान प्रदत्त अधिकारलाई सांगठनिक रुपबाट प्राप्त गर्न जोड दिए । राष्ट्रिय सभाका निबर्तमान सदस्य पन्थले कानुनका हरेक पक्षलाई ख्याल गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अवस्थालाई परिवर्तन गर्नसक्ने बातावरण स्थानीय पालिकाले ल्याउने निति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

व्यास नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख केदार आचार्यले अपाङ्गताको पहिचानमै समस्या रहेको बताए । नगरपालिकाका कार्यपालिका सदस्य नारीमाया रानाले अपाङ्गता, महिला, बालबालिका र दलितको मुद्धालाई साझा मुद्धा बनाउदै अगाडी बढ्ने बताइन् । कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले प्रदान गरेका अपाङ्गता भएका व्यक्तिहरुका अधिकार कार्यान्वयनमा सवै एक जुट भै लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको