ट्राफिक सप्ताह सुरु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मंगलबारबाट ट्राफिक सप्ताह सुरु भएको छ ।

सप्ताहको अवसरमा मंगलबार विहान दमौलीमा ट्राफिक सचेता सम्बन्धी प्रभातफेरी आयोजना गरियो । सप्ताहको अवसरमा रक्तदान, ट्राफिक सचेतना लगायतका विभिन्न कार्यक्रम पनि यो अवसरमा हुनेछ । सडक दुर्घटनासम्बन्धी सचेतना बढाई नागरिकमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले बताए ।

ट्राफिक सप्ताहको अवसरमा आयोजित प्रभातफेरी पछिको कोण सभालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दुर्घटना न्युनिकरणकोलागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । प्रभातफेरीमा जनप्रतिनिधि विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको बृहत उपस्थिती रहेको थियो ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले उक्त सप्ताहव्यापी कार्यव्रmमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता