घिरिङ गाउँपालिकाको अध्ययन अवलोकन भ्रमण सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार

घिरिङ, बैशाख २५

घिरिङ गाउँपालिकाको अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । गत बैशाख १९ देखि २२ गते सम्म रहेको ४ दिने भ्रमणको क्रममा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको टोलिले नेपालको महत्वपूर्ण ठाउँहरु अबलोकन गरेका थिए ।

गाउँपालिकाको टोलीले सबैभन्दा पहिले मकवानपुर जिल्लाको हेटौंडा उप महानगरपालिका–११ मा रहेको सहिद स्मारक पार्क अबलोकन गरेको थियो । सहिद स्मारक संस्कृति तथा अस्तित्वको संरक्षण र स्वतन्त्रता प्राप्तिका निम्ति बलिदानी दिने अमर सहिदहरूको सम्झनामा स्थापित भएको बुझिन्छ । उक्त पार्क अबलोकन बाट सहिदहरुका बारेमा अध्ययन गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।

अध्यक्ष थापाले सामुदायिक वन क्षेत्रको २० हेक्टर जमिनमा फैलिएको पार्कको बिचमा रहेको एउटै ढुङ्गामा १२ जना सहिदको प्रतिमा अनि ६५ फिट अग्लो सहिद स्तम्भ साथै विभिन्न प्रजातिका जीव जनावरहरुको बिशेष अध्ययन सहित अबलोकन गरेको बताए । ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारी र विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनि उनिहरुको योगदानबारे भ्रमण टोलीले जानकारी लिएका थिए ।

यस्तै भ्रमणको क्रममा इलामको कन्याम स्थित चिया बगान अबलोकन गर्न गाउँपालिका टोलि पुगेको थियो । त्यहाँ उत्पादन भएको चियाको महत्व बुझ्न गाउँपालिकाको पहिलो प्राथमिकता रहेको थियो । सो बारेमा अध्ययन गरि भ्रमण टोलि घोडा सवारमा रमाएका थिए साथै विभिन्न जातजातिका मौलिक पोसाक लगाएर फोटो खिचाइरहेका थिए ।

यसै क्रममा इलामको रोङ गाउँपालिकाले घिरिङ गाउँपालिकाको टोलीलाई स्वागत गरि स्थानिय तह अन्तर्गतका कामकारबाही बारे अनुभव साटासाट गरेका थिए । सो क्रममा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा र उपाध्यक्ष राधा देवि अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले घिरिङ गाउँपालिकाको परिचय गराएका थिए ।

रोङ गाउँपालिकाको तर्फबाट अध्यक्ष मनिकुमार स्याबो, उपाध्यक्ष बिष्णु माया खवास र प्रमुख प्रशासकीय अधिकृत अनिल (तिखत्री) परियारले इलामलाई कृषी, पर्यटनमा अगाडि बढाउन रोङ गाउँपालिकाले सहकारी मार्फत चिया र गुन्द्रुक ब्राण्डिङ गर्न सफल भएको बताए । साथै रोङ गाउँपालिका वडा नम्बर ५ इरौँटारमा रहेको देवनछाप साना किसान कृषि सहकारी संस्थाको अबलोकन समेत गराएका थिए । उक्त सहकारी बाट उत्पादन भएको चिया र गुन्द्रुक भ्रमण टोलिले लिएका छन् । सो पालिकाले मौरी पालनको समेत बिकास गरेको छ ।

यसै गरि भ्रमणको क्रममा एक हजार एक सय ४९ मिटर लामो कोशी ब्यारेज पुल, सर्लाहिको भरत ताल अबलोकन गरि टुप्पा नभएको बाँसको फेदमा धागो तथा धजा बाध्ने धरानको बुढा सुब्बा मन्दिर दर्शन र जनकपुरको जानकी मन्दिर दर्शन गरिएको थियो । यसरी गाउँपालिकाको टोलिले नेपालको मुख्य पर्यटकिय तथा धार्मिक स्थल भ्रमण गरि यात्राको क्रममा भेटिएका विभिन्न ठाउँको भौगोलिक अबस्था बारे अध्ययन गरेको थियो ।

भ्रमण बाट गरिएको महत्वपूर्ण अध्ययनले घिरिङ बिकास गर्न टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीले बताइन् । भ्रमण कार्यक्रमको संयोजक लेखा सहायक रामु पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती