आज मदन–आश्रित स्मृति दिवस, दासढुंगामा स्मृति सभा

Devghat Online

शेयर गरौ

चितवन, जेठ ३

आज ३१ औं मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय हत्या भएको आज ३१ वर्ष पुगेको छ ।

भण्डारी र आश्रित सवार जिप २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना गराई हत्या गरिएको थियो ।

पार्टीको काममा पोखराबाट चितवन जाने क्रममा नेताद्वय भण्डारी र आश्रितको दासढुङ्गामा सवारी दुर्घटना गराई हत्या गरिएको थियो । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

मदन आश्रित स्मृति दिवस,को अवसरमा नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन्। नेकपा एमाले चितवनले आज भण्डारी र आश्रितको दुर्घटना भएको ठाउँ चितवनको दासढुंगामा स्मृति सभाको आयोजना गरेको छ ।

दासढुंगामा मदन आश्रित स्मृति पार्क बनाइएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका