देवघाटमा रक्तदान कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ८

आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देवघाटमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ देवघाटधाम जेसिज, लियो क्लब अफ देवघाट चौतारी, देवघाट सामुदायिक सिकाइ केन्द्र र नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको संयुक्त आयोजनामा देवघाट गाउँपालिका परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।

देवघाट गाउँपालिका परिसरमा हुने उक्त रक्तदान कार्यक्रमको प्रबद्र्धक देवघाट गाउँपालिका रहेको छ । उक्त रक्तदान कार्यक्रममा सहभागी भई पुण्य कमाउन देवघाटबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित