सवारी दुर्घटनामा चालक सहित ५ जना घाइते

Devghat Online

शेयर गरौ

दमौली, जेठ १३

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आइतबार विहान आँबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको द्यच्ण्टम्ज्डद्दडज्ञ नं नम्बरको ईन्डियन कार अनियन्त्रित भई सडक देखी अं.२० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सहित कारमा सवार ५ जना घाईते भए ।

घाईते मध्ये भारत बिहार मजसापुर थानाकाटीका २३ बर्षिय सचेन्द्र कुमारको आबुँखैरेनी अस्पतालमा र २३ बर्षिय आन्नद कुमार, ३० बर्षिय राजेश कुमार र २५ बर्षिय सुमित कुमारको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का घाइते २४ बर्षिय राज कुमार भने उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण