आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन सांसद न्यौपानेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १३

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले दमौलीको मेनचोक फलफूल लाइनमा गत सोमबार विहान भएको आगलागीबाट पीडित भएकाहरुलाई राहत र क्षतीपुर्ती उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छिन् ।

आईतबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई भेट गरि सांसद न्यौपानेले आगलागीबाट भएको क्षतीको बारेमा जानकारी गराउँदै पीडितहरुलाई सरकारको तर्फबाट राहत र क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने बताइन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले उक्त आगलागीको घटनालाई आफुले गम्भिर रुपमा लिएको भन्दै सरकारको तर्फबाट राहत उपलब्ध गराउने बताएका थिए । सांसद न्यौपानेले शनिबार उक्त आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेकी थिइन् ।

आगलागी पीडितलाई भेटी सांसद न्यौपानेले आफू पीडितको साथ रहेको भन्दै राहत तथा क्षतीपुर्तीकोलागि पहल गर्ने बताएकी थिइन् ।
सो आगलागीमा परि २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा