आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन सांसद न्यौपानेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १३

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले दमौलीको मेनचोक फलफूल लाइनमा गत सोमबार विहान भएको आगलागीबाट पीडित भएकाहरुलाई राहत र क्षतीपुर्ती उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छिन् ।

आईतबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई भेट गरि सांसद न्यौपानेले आगलागीबाट भएको क्षतीको बारेमा जानकारी गराउँदै पीडितहरुलाई सरकारको तर्फबाट राहत र क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने बताइन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले उक्त आगलागीको घटनालाई आफुले गम्भिर रुपमा लिएको भन्दै सरकारको तर्फबाट राहत उपलब्ध गराउने बताएका थिए । सांसद न्यौपानेले शनिबार उक्त आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेकी थिइन् ।

आगलागी पीडितलाई भेटी सांसद न्यौपानेले आफू पीडितको साथ रहेको भन्दै राहत तथा क्षतीपुर्तीकोलागि पहल गर्ने बताएकी थिइन् ।
सो आगलागीमा परि २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक