चेपाङ बिद्यार्थीहरुको अध्ययन खर्च गाउँपालिकाले बेहोर्यो

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, जेठ १३

आँबुखैरेनी गाउँपालिकाले बिपन्न बर्ग चेपाङ जातीका बिद्यार्थीहरुको कक्षा १२ सम्मको सम्पुर्ण अध्ययन खर्च बेहोरेको छ ।

चेपाङ जातीका बिद्यार्थीहरुको लागि खाद्यान्न, आवास आदि बापत वार्षिक रू.६० हजार उपलब्ध गराउने निर्णय बमोजिम आइतबार रामशाह माविमा कक्षा ११ मा अध्ययनरत अमृत चेपाङलाई ४० हजार र कक्षा ९ मा अध्यनरत सञ्जीव चेपाङलाई १५ हजारको चेक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफ्नै कार्यकक्षमा सम्बन्धित बिद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गरेका थिए । आबुँखैरेनीले सिमान्तकृत चेपाङ समुदायका विद्यार्थीको कक्षा १२ सम्मको सम्पुर्ण खर्च गाउँपालिकाले बेहोर्ने यस अघि नै निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४