लागुऔषध सहित २ जना पक्राउ

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, जेठ १३

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्ग सडक–खण्डबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

प्रहरी टोलीले आइतबार सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको ग २१ प ९८१९ नम्बर को मोटरसाइकलमा सवार गोरखा जिल्ला पालुङटार नपा–७ बस्ने ४२ बर्षिय सन्जिव थापा र बन्दिपुर गापा–१ बस्ने ३६ बर्षिय सुवास सुनारले साथमा रहेको जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल लेखिएको १७३० ट्याब्लेट नियन्त्रित लागु औषध सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक