आबुँखैरेनी, जेठ १३
आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्ग सडक–खण्डबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
प्रहरी टोलीले आइतबार सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको ग २१ प ९८१९ नम्बर को मोटरसाइकलमा सवार गोरखा जिल्ला पालुङटार नपा–७ बस्ने ४२ बर्षिय सन्जिव थापा र बन्दिपुर गापा–१ बस्ने ३६ बर्षिय सुवास सुनारले साथमा रहेको जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल लेखिएको १७३० ट्याब्लेट नियन्त्रित लागु औषध सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।