महिलाहरुलाइ ढाकाको कपडा बुन्न सिकाउँदै बन्दिपुर गाउँपालिका

Devghat Online

शेयर गरौ

दमौली, जेठ १४

बन्दिपुर गाउँपालिकाका महिलाहरूलाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाई सम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको आयोजनामा गाउँपालिकाका महिलाहरूलाई लक्षित गरी व्यावसायिक बनाउन आयआर्जनलाई सबल बनाउनका लागि २ महिने ढाकाको कपडा बुनाई सम्वन्धी तालिम संञ्चालित गरिएको हो ।

गाउँपालिकाले महिलालाई जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् । ‘स्थानीय सरकार गठनसँगै हामी जनप्रतिनिधि भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विगतका वर्षदेखि नै विभिन्न प्रकारका सीप सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएका छौं’ उनले भनिन्, ‘महिलाहरु अझै दक्ष बन्ने हो भने अरुको भर पर्नु नपर्ने र आफैं आत्मानिर्भर बनाउने उद्देश्यले सीप दिँदै आएका छौ ।’

उनीहरुले तालिम दौराहन ढाकाको धागो मार्फत टोपी सल, पछ्यौरा, हाते व्याग र खादा जस्ता सामग्रीहरु उत्पादन गर्नेछन् । बन्दीपुर गाउँपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेको तालिम यही वैशाख १८ गते देखि असार १८ गतेसम्म सञ्चालन हुनेछ । सहभागिहरुलाई ४ वटा तान मार्फत सात जनालाई ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइरहेको बन्दीपुर गाउँपालिका उद्यम विकास सहजकर्ता टिका आले मगरले बताइन् ।

तालिमको अनुगमनका क्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले तालिमको नाममा तालिम दिने मात्र होइन प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह समेत गररे । तालिम भनेपछि हरेक ठाउँमा जाने बानिलाई त्याग्दै दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए । नगरपालिकाले महिलाहरुको आय आर्जनका लागि दिएको तालिम सदुपयोग गर्न सहभागीहरूलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण