देवघाटको छिपछिपेमा जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १४

देवघाट गाउँपालिकाको आयोजना तथा चितवन मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा वडा नम्बर २ र ३ का जेष्ठ नागरिकहरूकालागि आँखा, कान तथा दात सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण शिविर आईतबार वडा नम्बर ३ स्थित छिपछिपे स्वास्थ्य चौकीमा सम्पन्न भयो ।

सो शिविरमा आँखा तर्फ ६० जना, कान तर्फ ७० जना र दाँत तर्फ ५१ जना गरि जम्मा १३६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षणकोलागि जेष्ठ नागरिकहरु अस्पतालसम्म जान समस्या पर्ने भएको हुँदा गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहित स्वास्थ्य परिक्षण गरिएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । गाउँमै स्वास्थ्य परिक्षण र निशुल्क औषधीको सुविधा पाउँदा जेष्ठ नागरिकहरु खुसी भएका थिए ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष भुवन सिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मिन बहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, कार्यपालिका सदस्य याम मायाँ गुरूङ, छिपछिपे स्वास्थ्य चौकी प्रमुख हेमनाथ कडेंल, बैदी स्वास्थ्य चौकीका प्रमुख पुष्पहरी रानाभाट, देवघाट धर्मार्थ अस्पताल डा.सुरज कुमार गुप्ता लगाएतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू