एमाले देवघाटको सचिवमा सान श्रेष्ठ बिजयी

Devghat Online

शेयर गरौ

देवघाट, असार ३

नेकपा एमाले देवघाट गाउँ कमिटिको सचिवमा सान श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठ अत्याधिक मत ल्याई सचिवमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा जम्मा १९८ मत खसेकोमा श्रेष्ठले १५९ र अर्का उम्मेदबार विकास ढकालले ३४ मत पाएका थिए । गत जेठ २९ गते भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट सचिव बाहेकका अन्य पदहरुमा सर्वसम्मती भएको थियो ।

गाउँ कमिटिको अध्यक्षमा भिम गुरुङ, उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सर्वसम्मत चयन भएका थिए ।

निर्वाचित पदाधिकारीहरुलाई एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल र सचिव प्रदिपराज अधिकारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले