एमाले देवघाटको सचिवमा सान श्रेष्ठ बिजयी

Devghat Online

शेयर गरौ

देवघाट, असार ३

नेकपा एमाले देवघाट गाउँ कमिटिको सचिवमा सान श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठ अत्याधिक मत ल्याई सचिवमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा जम्मा १९८ मत खसेकोमा श्रेष्ठले १५९ र अर्का उम्मेदबार विकास ढकालले ३४ मत पाएका थिए । गत जेठ २९ गते भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट सचिव बाहेकका अन्य पदहरुमा सर्वसम्मती भएको थियो ।

गाउँ कमिटिको अध्यक्षमा भिम गुरुङ, उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सर्वसम्मत चयन भएका थिए ।

निर्वाचित पदाधिकारीहरुलाई एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल र सचिव प्रदिपराज अधिकारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि