जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तरघुलन कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असार १६

जातीय विभेद तथा छुवाछुत अन्त्यकालागि दलित र गैरदलित समुदायका विच अन्तरघुलन कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भयो । दलित उत्थान एवं प्रबद्र्धन कार्यक्रम अन्तर्गत व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा तथा महिला बालबालिका अपाङ्गता तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा पुर्व सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईलीले नेपालमा भएका सबै क्रान्ति तथा आन्दोलनहरुमा दलित समुदायको अग्रणी भुमिका भएपनि राज्यको मुलधारमा अहिलेसम्म दलित समुदाय पुग्न नसकेको बताए । उनले राजनीतिक दलहरुले नियतवश नै दलित समुदायमाथी विभदे गर्दै आएको बताए ।

जनयुद्धको उद्गमथलो पश्चिम रुकुममा अन्तरजातीय प्रेम विवहा गरेकै कारण चार जना दलित युवा माथी नरसंहार भएपनि उक्त घटनाको विरुद्धमा कुनै पनि राजनीतिक दलले विरोध नगरेको उनले बताए । जातीय विभेद र छुवाछुतको समस्या दलितको मात्र समस्या हो भन्ने ठा्रन्दासम्म यो समस्या कहिले पनि समाधान नहुने रसाईलीको भनाई थियो ।

व्यास नगर दलित समन्वय समितिका संयोजक कृष्णबहादुर रुचालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गन्डकी प्रदेशका पुर्वमन्त्री डोवाटे विक, व्यास नगर पालिकाका उपप्रमुख इन्दिरा दरै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरे, नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका जिल्ला सचिव प्रदिपराज अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य डिलबहादुर नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोला, जिल्ला समन्वय समितिकी पुर्व उपप्रमुख पवित्रा पौडेल लगायतले जातीय विभेद र छुवाछुत विरुद्ध आवाज उठाउनु पर्ने बताए ।

सो कार्यक्रममा हिन्दु धर्मका भागवत बाचक भिमकान्त गुरुले जातीय विभेद र छुवाछुत विरुद्ध प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा व्यास नगरपालिकाका सबै वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका कार्यकर्ता, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा दलित संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल