देवघाटमा पराम्परागत नौमती बाजा बजाउने तालिम सुरु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १६

मधुवन सामुदायिक वन उपभोक्ता समुह देवघाट–५ को गरिवी निवारण तथा आयआर्जनका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–५ मा स्थानीय स्तरमा परम्परागत नौमती बाजा बजाउने १० दिने तालिम आइतबार सुरु भएको छ ।

मधुबन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सामुदायिक उपभोक्ता महासंघ गण्डकी प्रदेश महासंघका सचिव केशवचन्द्र न्यौपाने रहेका छन् । सो कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, बगन्दी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष विष्णुप्रसाद अधिकारी, कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष तथा रातामाटे सुन्दरबस्ती टोलबिकासका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सामुदायिक उपभोक्ता महासंघ गण्डकी प्रदेश महासंघका सचिव केशवचन्द्र न्यौपानले नरसिंह बजाइ उद्घाटन गरेका थिए । मधुवन सामुदायिक बन समुहका अध्यक्ष गिरीले गरिबी निवारण तथा आयआर्जनका लागि लघु उद्यम बिकास कार्यक्रम मार्फत स्थानीय समुदायको गरिवी निवारणको लागि काम गरिने बताए ।

उक्त तालिम असार २५ गतेसम्म चल्नेछ । असार २६ गते हुने समापन कार्यक्रममा उक्त बाजा रातमाटे सुन्दरबस्ती टोल विकास संस्थालाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल