देवघाटमा पराम्परागत नौमती बाजा बजाउने तालिम सुरु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १६

मधुवन सामुदायिक वन उपभोक्ता समुह देवघाट–५ को गरिवी निवारण तथा आयआर्जनका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–५ मा स्थानीय स्तरमा परम्परागत नौमती बाजा बजाउने १० दिने तालिम आइतबार सुरु भएको छ ।

मधुबन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सामुदायिक उपभोक्ता महासंघ गण्डकी प्रदेश महासंघका सचिव केशवचन्द्र न्यौपाने रहेका छन् । सो कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, बगन्दी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष विष्णुप्रसाद अधिकारी, कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष तथा रातामाटे सुन्दरबस्ती टोलबिकासका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सामुदायिक उपभोक्ता महासंघ गण्डकी प्रदेश महासंघका सचिव केशवचन्द्र न्यौपानले नरसिंह बजाइ उद्घाटन गरेका थिए । मधुवन सामुदायिक बन समुहका अध्यक्ष गिरीले गरिबी निवारण तथा आयआर्जनका लागि लघु उद्यम बिकास कार्यक्रम मार्फत स्थानीय समुदायको गरिवी निवारणको लागि काम गरिने बताए ।

उक्त तालिम असार २५ गतेसम्म चल्नेछ । असार २६ गते हुने समापन कार्यक्रममा उक्त बाजा रातमाटे सुन्दरबस्ती टोल विकास संस्थालाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त