देवघाट गाउँपालिकाद्वारा चक्रवर्ती सहकारीको अनुगमन

Devghat Online

शेयर गरौ

देवघाट, असार १७

देवघाट गाउँपालिकाले वडा नम्बर ५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा आइतबार सो सहकारीको विविध पक्षको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा उक्त सहकारी संस्थाको व्यवस्थापकीय पक्ष राम्रो देखिएको तथा सहकारी संस्थाले दुधमा गरेका विविधिकरण उत्तम देखिएको भन्दै त्यसमा अझ सुधार गर्न अध्यक्ष थापाले सुझाव दिएका थिए । धेरै भन्दा धेरै उद्यमी महिलाहरुलाई सहकारीमा आवद्ध गराई उनीहरुलाई आय आर्जनमा सघाउन अध्यक्ष थापाले सहकारीको नेतृत्वलाई अनुरोध गरेका थिए ।

उक्त अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, सहकारी शाखा प्रमुख कृष्णराज पन्त लगायत विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अनुगमन टोलीलाई सहकारीका व्यवस्थापक संगीता ओझाले सहकारीको विविध पक्षहरुको बारेमा जानकारी गराएकी थिइन् ।

महिलाहरुको नेतृत्वमा महिलाहरुले नै सन्चालन गरेको उक्त सहकारीले दूधबाट विभिन्न परिकार उत्पादन गरी बिक्री वितरण बाट मनग्गे आम्दानी गर्दै आएको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादन गर्दै आएको छ । यसका साथै शेयर सदस्यहरुलाई तरकारी खेती, बाख्रा पालन, विभिन्न लघु उद्यम, दुधको विभिन्न परिकार उत्पादन तथा बजारीकरण लगायतका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल