साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १७

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८१र०८२ मा साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्ले प्रि डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो ।

यसमध्ये तीन वर्षे डिप्लोमामा तीन हजार ७६३ जना र १८ महिनाको प्रि डिप्लोमामा एक हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् । छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले १३ साउनभित्र अनलाइन आवेदन फाराम भरिसक्नु पर्नेछ ।

सीटीईभीटीका अनुसार डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी र एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।

यसैगरी स्वास्थ्य बाहेक अन्य विषय अध्ययन गर्न १.६ जीपीए ल्याएको हुनु पर्नेछ । यता प्रि डिप्लोमाको अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलससी वा एसईई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनु पर्नेछ ।

त्यस्तै एसईई मौका परीक्षामा समावेश हुने परीक्षार्थीहरूले समेत सीटीईभीटीको प्रवेश परीक्षामा सामेल हुन पाउनेछन् । यद्यपि ग्रेड वृद्धि नभएमा सो भर्ना स्वतः रद्द हुनेछ । विद्यार्थीले परिषदबाट सञ्चालन सम्बन्धन र स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टीईसीएस) र निजी स्तरमा सञ्चालित शिक्षालयमा अध्ययन गर्न सक्ने छन् ।

सीटीईभीटीले विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्ने गर्छन् । तर आईटी कोर्षहरू भने त्यति धेरै छैनन् । प्रि(डिप्लोमा तह ९१८ महिने० मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटेरियल म्यानेजमेन्टको पढाइ हुन्छ ।

डिप्लोमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजी (आईटी) पढाइ हुन्छ । यी कोर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन भइरहेको छ । जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय र साझेदारी (गाउँ नगर) मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन् ।

यद्यपि देशभर कूल एक हजार ११५ शैक्षिक संस्थामा सीटीईभीटीका अन्य कोर्षहरू समेत सञ्चालन भइरहेका छन् । त्यस्तै माथिका यी कोर्ष बाहेक अटोमोबाइल, आर्किटेक्चर, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, जियोम्याटिक इन्जिनियरिङ आदि पनि सीटीईभीटीले सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू