गाउँपालिकाको कार्यालय भित्रै बैकिङ सेवा

Devghat Online

शेयर गरौ

दमौली, असार १८

म्याग्दे गाउँपालिकाको कार्यालय भित्र बैकिङ सेवा सन्चालनमा ल्याईएको छ । सर्वसाधरणलाई सहजकताको लागि लक्ष्मी सनराइज बैंक सँगको सहकार्यमा गाउँ कार्यपालिकाको कार्यालय भित्र बैंकको बिलिङ काउन्टर सन्चालन गरिएको हो ।

उक्त बिलिङ काउन्टर मार्फत म्याग्दे गाउँपालिकाले आन्तरिक कर, धरौटी जम्मा तथा राजश्व संकलनका सेवाहरु उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । सर्वसाधरणले विभिन्न किसिमका राजश्व जम्मा गर्दा उक्त बैकं मार्फत जम्मा गर्ने व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

गाउँपालिकाको वित्तिय सेवालाई अझ सहज बनाउनकोलागि लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा प्रमुख प्रशासकीय भवन भित्रै बैकिङ सेवा सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त बैकिङ सेवा केन्द्रको गत साता म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता