नेपाल पत्रकार महासंघको साधारण सभा सम्पन्न, सम्मान तथा पुरस्कार वितरण, ९ बुँदे प्रस्ताव पारित

Devghat Online

शेयर गरौ

दमौली, असार १८

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४ औं साधारणसभा मंगलबार दमौलीमा सम्पन्न भएको छ । उक्त साधारणसभाको गन्डकी प्रदेशका उर्जा तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले उद्घाट गरे । सो अवसरमा बोल्दै मन्त्री देवकोटाले सन्चारमाध्यमको हितको लागि प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासकालागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । सबै तिर देश बिग्रियो भन्ने भाष्य भएको भन्दै त्यसलाई चिर्न पत्रकारहरुले कलम चलाउनु पर्ने बताए ।

गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले विकास र समृद्धीकोलागि सन्चार माध्यमले कलम चलाउनु पर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारिता क्षेत्र मर्यादित हुनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका जिल्ला सचिव प्रदिपराज अधिकारी, नेकपा माओवादी केन्द्रका गन्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले, गन्डकी प्रदेशका कार्यवहाक अध्यक्ष सोनी शर्मा, पुर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद गौतम, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, प्रेस युनियनका अध्यक्ष गोरा मिया, प्रेस चौतारीका अध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार मदन वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा महासंघले हालसम्मका पुर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी, मुक्तिनाथ खनाल, प्रदिप काफ्ले, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी र ओमकार आचार्यलाई सम्मान गरिएको थियो भने महासंघ तनहुँका पूर्व सचिव एवं व्यासश्री साप्ताहिकका प्रधान सम्पादक डा.बसन्त कंडेललाई स्थानीय सरकारको भाषा नीतिको क्षेत्रमा विद्यावारिधि हासिल गरेकोमा सम्मान गरिएको थियो ।

यसैगरि सोही अवसरमा महासंघले शाखामा रहेको विभिन्न पत्रकारिता पुरस्कारबाट समेत ७ जना क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गरेको थियो । शाखाका पुर्व अध्यक्ष मुक्तीनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु.११ हजार रहेको छ । त्यस्तै व्यास–४ निवासी भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, व्यास–७ निवासी रणबहादुर गुरुङ्गद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, महासंघका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेनालाई पुरस्कृत गरियो ।

यसैगरि पुर्व मन्त्री तथा सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपानेलाई, व्यवसायी उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजिवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइलीलाई पुरस्कृत गरियो । सुरज गुरुङ स्मृति पुरस्कार पाँच हजार र अन्य सबै पुरस्कारको रकम १० हजार रहेको महासंघले जनाएको छ ।

यसैविच महासंघको उक्त साधारणसभाले ९ बुँदे प्रस्ताव पारित गरेको छ । साधारणसभाले तनहुँ जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीहरुलाई सञ्चारगृहहरुले न्यूनतम पारिश्रमिक सहितको नियुक्तिपत्र उपलब्ध गराउन माग गरेको छ । यसैगरि तनहुँ जिल्लाभित्र रहेका सबै स्थानीय तह र सरकारी कार्यालयहरुबाट प्रदान गरिने विज्ञापनलाई नेपाल पत्रकार महासंघ तनहुँ शाखामार्फत् जिल्ला सञ्चालित सञ्चारमाध्यमहरुलाई समानुपातिक र एकद्वार प्रणालीबाट लागू गर्नु पर्ने, पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गरिएको छ ।

त्यसैगरि नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । साथै हरेक स्थानीय तहमा दक्ष पत्रकार उत्पादन र ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमै क्षमता विकास कार्यक्रम सञ्चालनका लागि सहयोग पु¥याउन स्थानीय तह तथा सरोकारवालाहरुसँग अपिल गरिएको छ ।

त्यसैगरि निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक र तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ । त्यस्तै नजिकिदै गइरहेको मनसुन र मनसुनजन्य विपद्बाट जिल्लामा हुन सक्ने बाढीपहिरोको क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका