घिरिङ गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाई बाख्रा बितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । असार १८, घिरिङ

घिरिङ गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तीलाई बाख्रा बितरण गरेको छ । गाउँपालिकाको कार्यालय प्राङ्गणमा मंगलबार ग बर्ग र घ बर्गका अपाङ्गता परिचयपत्र भएका भएका १० जना ब्यक्तिहरुलाई बोयर जातको माउ बाख्रा वितरण गरिएको हो ।

अपाङ्गता समन्वय समिती घिरिङको संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र अपाङ्गता सहायक कर्मचारी दुल बहादुर थापा लगायतको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा बाख्रा बितरण गर्दै गाउँपालिका अध्यक्ष थापाले क र ख बर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ता ब्यवस्था भएकोले अपाङ्गता लक्षित शिर्षक बजेट बाट ग र घ बर्गको कार्ड भएका अति बिपन्न र दलित छनोट गरि बाख्रा बितरण गरिएको बताए । उनिहरुले सामान्य काम गर्न सक्ने भएकोले माउ बाख्रा दिएर जीवनस्तर उकास्न मद्धत गर्ने अध्यक्ष थापाको भनाई थियो । गाउँपालिकाले ग र घ बर्गका अपाङ्गता हरुलाई निशुल्क स्वास्थ्य विमा समेत गरिदिएको छ ।

बाख्रा पाएपछि अपाङ्गता भएका व्यक्तिहरुले खुसी हुँदै आगामी दिनमा यहि बाख्रा पालन बाट आत्मनिर्भर हुन सक्ने भन्दै गाउँपालिकालाई धन्यवाद दिए ।

उक्त कार्यक्रम संचालन अपाङ्गता समन्वय समिती घिरिङका सचिव हिरामान श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य समितिका सदस्य कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले