देवघाटको मधुवन सामुदायिक वनमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १८

देवघाट–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहद्वारा वन क्षेत्रमा बृक्षारोपण गरेको छ । सोमबारदेखी सुरु भएको बृक्षारोपण कार्यक्रम बुधबारसम्म चल्नेछ । सव डिभिजन वन कार्यालय देवघाटको सहआयोजनामा उक्त बृक्षारोपण गरिएको हो ।

मधुवन सामुदायिक वन उपभोक्ता समितिकाका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले करिब १ हेक्टरमा क्षेत्रफलको जग्गामा अम्रिसो रोपण गरेका थिए । यसैगरि सोही अवसरमा सामुदायिक वनले हरेक घरका उपभोक्ताहरुलाई काजु र ड्रागन फ्रुट र श्रीखन्डका विरुवा वितरण गरेको थियो ।

उपभोक्ता समुहका अध्यक्ष गिरीले रोपिएको अम्रिसो जोगाउनु पर्ने बताए । कसैले अम्रिसोलाई नष्ट गर्न खोजे कानुनी कारवाही गरिने उनले बताए । समुहका सदस्यहरुको गरिवि निवारणकोलागि चालु आर्थिक वर्षमा अम्रिसो रोपण, काजु र ड्रागन फ्रुट र श्रीखन्डका विरुवा वितरण तथा पञ्चेवाचा तालिम उपलब्ध गराईएको अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले