विष्णु मगर । देवघाट, असार १८
देवघाट–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहद्वारा वन क्षेत्रमा बृक्षारोपण गरेको छ । सोमबारदेखी सुरु भएको बृक्षारोपण कार्यक्रम बुधबारसम्म चल्नेछ । सव डिभिजन वन कार्यालय देवघाटको सहआयोजनामा उक्त बृक्षारोपण गरिएको हो ।




मधुवन सामुदायिक वन उपभोक्ता समितिकाका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले करिब १ हेक्टरमा क्षेत्रफलको जग्गामा अम्रिसो रोपण गरेका थिए । यसैगरि सोही अवसरमा सामुदायिक वनले हरेक घरका उपभोक्ताहरुलाई काजु र ड्रागन फ्रुट र श्रीखन्डका विरुवा वितरण गरेको थियो ।

उपभोक्ता समुहका अध्यक्ष गिरीले रोपिएको अम्रिसो जोगाउनु पर्ने बताए । कसैले अम्रिसोलाई नष्ट गर्न खोजे कानुनी कारवाही गरिने उनले बताए । समुहका सदस्यहरुको गरिवि निवारणकोलागि चालु आर्थिक वर्षमा अम्रिसो रोपण, काजु र ड्रागन फ्रुट र श्रीखन्डका विरुवा वितरण तथा पञ्चेवाचा तालिम उपलब्ध गराईएको अध्यक्ष गिरीले बताए ।













