बन्दिपुरका महिलालाई ढाकाको कपडा बुनाई तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १९

बन्दिपुर गाउँपालिकाका महिलाहरूलाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाई सम्बन्धी तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको आयोजनामा गाउँपालिकाका महिलाहरूलाई लक्षित गरी व्यावसायिक बनाउन आयआर्जनलाई सबल बनाउनका लागि आयोजित २ महिने ढाकाको कपडा बुनाई सम्वन्धी तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले तालिमको नाममा तालिम दिने मात्र होइन प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गर्नुभयो । तालिम भनेपछि हरेक ठाउँमा जाने बानिलाई त्याग्दै दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने अध्यक्ष थापाले बताउनु भयो । तालिमबाट सिकेको सिपलाई व्यहारमा उतारी आयआर्जनमा लाग्नु पर्ने अध्यक्ष थापाको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले महिलालाई जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको बताउनुभयो । ‘स्थानीय सरकार गठनसँगै हामी जनप्रतिनिधि भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विगतका वर्षदेखि नै विभिन्न प्रकारका सीप सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएका छौं’ उहाँले भन्नु भयो, ‘महिलाहरु अझै दक्ष बन्ने हो भने अरुको भर पर्नु नपर्ने र आफैं आत्मानिर्भर बनाउने उद्देश्यले सीप दिँदै आएका छौ ।’

गत बैशाख १८ गतेदेखी सन्चालित तालिमका सहभागीहरुले तालिमको दौरान ढाकाको धागो मार्फत टोपी सल, पछ्यौरा, हाते व्याग र खादा जस्ता सामग्रीहरु उत्पादन गरेका थिए । बन्दीपुर गाउँपालिका वडा नम्बर २ मा सञ्चालन भएको सो तालिमका सहभागिहरुलाई ४ वटा तान मार्फत सात जना महिलालाई ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिईएको बन्दीपुर गाउँपालिका उद्यम विकास सहजकर्ता टिका आले मगरले बताउनु भयो ।

तालिमका सहभागीलाई मंगलबार आयोजित समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा र उपाध्यक्ष गुरुङले प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक