देवघाटमा छाला तथा कुष्ठरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

देवघाट, असार १९

देवघाट गाउँपालिकामा यही असार २१ गते शुक्रबार छाला तथा कुष्ठरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

देवघाट गाउँपालिकाको आयोजना तथा भरतपुर स्थित चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा छाला तथा कुष्ठरोग विशेषज्ञहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त शिविर असार २१ गते शुक्रबार वडा नम्बर ५ स्थित देवघाट धर्मार्थ अस्पतालमा विहान १० देखी ३ बजेसम्म हुने हुँदा उक्त शिविरमा आई लाभ लिन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास