फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, असार २०

व्यास नगरपालिकामा सन्चालित फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगमा बिहिबार अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयको संयुक्त अनुगमन टोलीले फलफुल गोदाम, खाद्य पसल र बेकरी उद्योगमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा फलफूल पकाउन प्रतिबन्धित रसायन प्रयोग गरेको नपाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी पसल अनुगमनको क्रममा गलेका फलफूल तथा म्याद नाघेका घ्यू, तेल, मसला लगायत खान अयोग्य सामाग्री गरि अन्दाजी २३ हजार बराबरको नष्ट गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी म्याद नाघेका सामाग्री अलग्गै स्थानमा राख्न तथा समयमै नष्ट गर्न सचेत गराइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।